प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
पौष २०७८
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-०९-२८

मकवनापुर, मनहरी गाउँपालिका-८ सिमपानी स्थित पुर्व पश्चिम सडक खण्डमा खटियको प्रहरि टोलीले चिवतनबाट हेटौंडा तर्फ  जाँदै गरेको लु३च ९७४ नं. को योद्धा पिकअप गाडीलाई शंका लागी चेकजाच गर्दा सोही गाडीमा लुकाई छिपाई ल्याएको लागुऔषध चरेस २० किलो ५०० ग्राम, १० किलो गाजाको धुलो फेला परेकोले गाडी चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६ बस्ने बर्ष ३३ को सन्त बहादुर थिङ, सवार ऐ.ऐ. बस्ने बर्ष अन्दाजी २७ को ललित बहादुर थिङ र जिल्ला चितवन राप्ती नगरपालिका-११ भण्डारा बस्ने बर्ष २८ को राम बहादुर तामाङलाई गाडी सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७८-०९-२१

धादिङ, गजुरी गाउँपालिका-६ आदमघाटबजार स्थित प्रहरीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउँने गजुरी गाउँपालिका-४ भिरकोट बस्ने १९ वर्षीय प्रकाश प्रजा र सोहि बस्ने १९ वर्षीय बिक्रम प्रजा रहेका छन् । निजहरुलाई अस्थायी प्रहरी पोष्ट आदमघाट धादिङबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोली र शसस्त्र प्रहरी बल राजमार्ग सुरक्षा पोष्ट आदमघाटबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले निजहरु माथि शंका लागि चेकजाँच गर्ने क्रममा निजहरुले बोकेको जेब्रा झोला र पछाडी भिर्ने झोलाभित्र अन्दाजी १०KG गाँजा फेला पारेको थियो । लागुऔषध गाँजा सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको छ । 

लागुऔषध फेला
२०७८-०९-२०

मकवानपुर, मनहरी गाउँपालिका-९ ज्यामिरे स्थित पुर्व-पश्चिम सडक खण्डमा प्रहरीको गस्ति टोलिले भिर्ने झोलामा लागुऔषध फेला परेको छ ।ईलाका प्रहरी कार्यालय मनहरीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ति टोलिले गस्ति गर्दै जाने क्रममा पुर्व-पश्चिम सडक खण्ड मनहरी गाउँपालिका-९ ज्यामिरे स्थित गस्ति टोलीलाई देखी सडक छेउमा उभिरहेको एक जना पुरुष ब्यक्तिले आफुले बोकी राखेको भिर्ने झोला फाली भागि फरार भएको उक्त झोलामा चेकजाँच गर्दा लागुऔषध डाईजेपाम-३० पम्पुल, नुरफिन-४२ एम्पुल, फेनारगन-३२ एम्पुल र लुफिजिसिस-३ पम्पुल सहित जम्मा १०७ एम्पुल लागुऔषध फेला परेको छ । यस घट्नाको सम्बन्धमा प्रहरीले फरार व्यक्तिको खोजतलाश कार्य जारी राखेको तथा घट्ना बारे थप अनुसन्धान गरिरहेको छ । 

सवारी दुर्घटनामा परी मृत्यु
२०७८-०९-१९

सिन्धुली, दुधौली नगरपालिका-७ डम्वरखाडी स्थित मदनभण्डारी राजमार्गमा सवारी दुर्घटना भई एक जनाको मृत्यु भएको छ । मृत्यु हुने दुधौली नगरपालिका-७ कत्ले खोला बस्ने ५५ वर्षीय बिर बहादुर मगर रहेका छन् । निज सोहि नगरपालिका-११ बस्ने लाल बहादुर मगरले चलाएको प्रदेश २-०१-००१ प. ५२०७ नं.को मोटरसाईकलमा सवार रहेका थिए । उक्त मोटरसाईकल र प्रदेश २-०१-००१ प. ८१५४ नं.को स्कुटी आफै अनियन्त्रित भई मदनभण्डारी राजमार्गमा दुधौली नगरपालिका-७ डम्वरखाडी स्थित एकआपसमा ठोकिन जाँदा स्कुटी चालक जिल्ला उदयपुर कटारी नगरपालिका-५ तिनतले बस्ने एक बहादुर आले, स्कुटीमा सवार सोहि बस्ने दिप पोखरेल र मोटरसाईकल चालक लाल बहादुर मगर समान्य घाईते भई कटारी अस्पतालमा उपचार भईरहेको छ भने उक्त मोटरसाईकलमा सवार बिर बहादुर मगर गम्भिर घाईते भई थप उपचारको लागी बिराटनगर लैजाँदै गर्दा बाटोमा नै निज लाल बहादुर मगरको मृत्यु भएको हो । यस घट्नाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-०९-१६

मकवानपुर, हेटौडा उप-महानगरपालिका-४ स्थित भित्री रोडमामा विशेष सूचनाको आधारमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा आउने हेटौडा उप-महानगरपालिका-४ हुप्राचौर बस्ने २७ वर्षीय अमृत मैनाली रहेका छन् । निजलाई सोहि स्थित भित्री रोडमा विशेष सूचनाको आधारमा ना ४३ प ८२६८ नं.को मोटरसाईकलमा सवार निजलाई रोकी चेकजाँच गर्दा निजको साथमा रहेको लागुऔषध नाईट्रोभेट ८ ट्याब्लेट, ट्माडोल २२ ट्याब्लेट, फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले मोटरसाईकल सहित निज अमृत मैनालीलाई नियन्त्रण लिई आवश्यक कारबाही तथा अनुसन्धान कार्य गरिरहेको छ । 

अचानक आगलागी हुँदा करोडौंको नोक्सान
२०७८-०९-१४

काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-११ ख्याकु स्थित सिवानी काठ फर्निचर तथा सवमिलमा अचानक आगोलागी भएको छ । उक्त फर्निचर तथा सवमिल सोहि स्थित बस्ने सरोज थापाले संचालन गर्दै आएका थिए । फर्निचर मिलमा अचानक आगलागी हुँदा निजले संचालन गरेको काठको फर्निचर, सवमिल र राईस मिल पुर्ण रुपमा जलि नष्ट भएको तथा फर्निचर नजिकै रहेको सोहि बस्ने लुद्र थापाको तिन तले पक्की घरको उत्तर साईटमा रहेको झ्यालहरु जलि आम्सिक क्षति भएको र सोहि बस्ने श्रीकृष्ण थापाको बा ६ ख ४९५९ नं.को बोलेरो गाडीको अगाडी सिट र बाहिरी भागमा आम्सिक क्षति भएको उक्त स्थानमा साईट लगाई राखेको हाईलाईन बोर्डिङ स्कुलको बा ३ ख ६२०४ नं.को स्कुल बसको अगाडी बाहिरी भागमा आम्सिक क्षति भएको छ । उक्त आगो स्थानिय, प्रहरी, नेपाली सेना तथा दम्कलको सहयोग बाट पुर्ण रुपमा नियन्त्रणमा लिईएको थियो । आगलागी बाट कुनै मानविय क्षति नभएको तर जलि नष्ट भएको सम्पुर्ण धनसम्पत्ति गरी अन्दाजी १ करोड २० लाख बराबरको क्षति भएको छ । यस घट्नाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

सवारी दुरघट्नामा परी मृत्यु
२०७८-०९-११

धादिङ, थाक्रे गाउँपालिका-१ खयरघारी स्थित पृथ्विलोकमार्गमा सवारी दुरघट्ना भई एक जनाको मृत्यु भएको छ । दुरघट्ना सोहि गाउँपालिका-१ खयरघारी स्थित पृथ्विलोकमार्गमा गल्छीबाट काठमाडौ तर्फ आउँदै गरेको प्रदेश नं.३-०२-००७प ९८९१ नं.को FZ मोटरसाईकल आफै अनियत्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खसि दुर्घट्ना भएको हो । उक्त मोटरसाईकलको चालक जिल्ला धादिङ धुनिबेशि नगरपालिका-७ बस्ने २२ वर्षीय किशोर गिरि को पेट र छात्तिमा मध्यम चोट र सोहि मोटरसाईकलमा सवार सोहि बस्ने २२ वर्षीय श्रीजन पाठक को घट्नास्थलमै मृत्यु भएको छ । घाईते चालकको स्थानिय मेडिकल सिम्लेमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौ तर्फ पठाएको छ । घट्नाको बारेमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७८-०९-०९

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्ट स्थित प्रहरीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ ।प्रहरीको नियन्त्रणमा आउने जिल्ला धनुषा नगराईन नगरपालिका-२ बस्ने ३६ वर्षीय सुबोध मण्डल र जिल्ला पर्सा पटेरवा सुगौली गाउँपालिका-३ सुनबर्सा बस्ने ३९ वर्षीय मुकेश राउत चौधरी रहेका छन् । निजहरुलाई पुर्व-पश्चिम सडक खण्डमा रातोमाटे चेकपोष्ट स्थित प्र.स.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले हेटौडा तर्फबाट  बिरगंज तर्फ जाँदै गरेको NL01C3654 नं.को भारतिय स्कार्पिओ गाडीलाई शंका लागी रोकी चेकजाँच गर्दा उक्त गाडीको पछाडी पट्टिको सिट मुनि रातो प्लाष्टिकले बेरी पोका बनाई जेब्रा झोला र बोरामा राखी लुकाई छिपाई ल्याएको अवस्थामा ३ पोका अन्दाजी ३० किलो लागुऔषध गाँजा फेला पारी प्रहरीले नियन्त्रणमा लिईएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

सवारी दुरघट्नामा परी मृत्यु
२०७८-०९-०८

सिन्धुली, सुनकोशी गाउँपालिका-६ रिठ्ठ भिर नजिक सवारी दुरघट्नामा परी एक जनाको मृत्यु भएको छ ।मृत्यु हुने जिल्ला सर्लाहि लालबन्दी नगरपालिका-१५ बस्ने २० वर्षीय कुनथाङ मोक्तान रहेका छन् । दुरघट्ना सुनकोशी गाउँपालिका-६ रिठ्ठ भिर नजिक वि.पि. राजमार्गमा भएको हो । कुखुरा लोड भएको प्रदेश २-०३-००१ च ४००८ नम्बरको बलेरो गाडी महोत्तरीबाट काठमाण्डौ तर्फ जाँदै गर्दा सोहि भिर नजिक सडकबाट अन्दाजी २०० फिट तल खस्न गई दुरघट्ना भएको थियो । उक्त बलेरोमा सवार चालक जिल्ला सर्लाहि लालबन्दी नगर पालिका-१५ परमानीपुर बस्ने ३० वर्षीय आईतसिह बम्जन, सोहि बस्ने मनिस परियार र कुनथाङ मोक्तान रहेका थिए । दुरघट्नामा चालक आईतसिह बम्जन र उक्त गाडीमा सवार मनिस परियार दुबै जना घाइते भएका थिए भने सोहि बलेरोमा सवार कुनथाङ मोक्तानको घट्नास्थल मै मृत्यु भएको थियो । यस दुरघट्नाको सम्बन्धमा प्रहरीले घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सवारी दुरघट्नामा परी मृत्यु
२०७८-०९-०६

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१६ स्थित धरान-चतरा सडक खण्डमा सवारी दुरघट्नामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुने सोहि उप-महानगरपालिका-१६ बस्ने २५ वर्षीय सुमन बयलकोटी रहेका छन्  । निज हटियाबाट चौघडा बजार तर्फ आउँदै गर्दा निज सवार रहेको ONTEST स्कुटर आफै अनियन्त्रित भई दुरघट्ना भएको हो । दुरघट्नाबाट घाईते भएका मृतक सुमन बयलकोटी को उपचारको लागि हेटौडा अस्पताल ल्याएकोमा उपचारको क्रममा डाक्टरले निजलाई मृत घोषणा गरेको हो । घट्नाको बारेमा प्रहरीले बुझ्दा स्कुटरमा ३ जना सवार रहेको र निजहरुले माद्यक पदार्थ सेवन गरेको भन्ने बुझिएको थियो । प्रहरीले स्कुटर, स्कुटर चालक र स्कुटरमा पछाडि सवार रहेको व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागुऔषध गाजा सहित मानिस नियन्त्रणमा
२०७८-०९-०२

धादिङ, बेनिघाटरोराङ गाउँपालिका-२ ताल्ती स्थित बिशेष सूचना को आधारमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ ।पक्राउ पर्ने जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-९ बस्ने ३५ वर्षीय कृष्ण बहादुर तामाङ रहेका छन् । प्रहरी चौकी ताल्तीबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलिले मकवानपुरबाट भित्री बाटो हुदै मलेखु तर्फ पैदल आउँदै गरेको निज कृष्ण बहादुर तामाङलाई चेकजाँच गर्ने क्रममा निजले बोकेको जेब्रा झोला भित्र लुकाईछिपाई ल्याएको लागुऔषध गाँजा अन्दाजी ५ के.जी. फेला पारी निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ । 

अबैध काठ नियन्त्रणमा
२०७८-०९-०२

सिन्धुली, दुधौली नगरपालिका-१ स्थित रहेको प्रहरी चेकपोष्टले अबैध काठ नियन्त्रणमा लिएको छ ।चेकपोष्ट अगाडि सवारी साधनहरू चेकजाँच गर्ने क्रममा डकाहाबाट भिमान तर्फ जाँदै गरेको ना १ ज ८७६६ नं.को बोलेरो गाडि प्रहरीले रोक्न खोज्दा नरोकी भागेर गएकोमा उक्त गाडिको पिछा गरी कमलामाई नगरपालिका-१४ बयरबनि स्थित पुगि चालकले गाडि लक गरी गाडि छाडि फरार रहेको उक्त गाडि चेकजाँच गर्दा बिल नभएको ७ फिट १० ईन्च लम्बाई भएको ३/४ ईन्चको मोटाई भएको  अन्दाजी ४१ पिस चौकोष जम्मा अन्दाजी ३४.९३ क्युफिट सालको काठ फेला परेको थियो । अबैध काठ सहित उक्त गाडि प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही गरिरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-०९-०२

चितवन, भरतपुर महानगरपालिका-१ भतेरी जंगलमा प्रहरीले एक मानिसलाई लागुऔषध सहित नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने जिल्ला तनहु म्याग्दे गाउँपालिका-१ बस्ने ४५ वर्षीय प्रकाश खनाल रहेका छन् । निज भरतपुर महानगरपालिका-१ भतेरी जंगलमा ग २० प ६१५५ नम्बरको मोटरसाईकल रोकी बसिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय रामनगरबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथवाट लागुऔषध नोरफिन, डाईजेपाम र ट्रमा गरी जम्मा २४४ पिस फेला परि निजलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अधिक लोड >>
कम देखाउनुहोस् <<